जसपा नेपालको नजरमा जनमत सिद्धान्तहीन पार्टी, अन्य दल कस्तो ?

जसपा नेपालको नजरमा जनमत सिद्धान्तहीन पार्टी, अन्य दल कस्तो ?
+
-
देशसञ्चार AI सारांश
  • जसपा नेपालले जनमत पार्टीलाई सैद्धान्तिक स्पष्टता नभएको र सस्तो लोकप्रियता कमाउने पार्टीको रुपमा चित्रण गरेको छ।
  • लोसपालाई पहिचान, संघीयता, समावेशिता र अधिकारको पक्षधर मान्दै भविष्यमा सहकार्य गर्न सकिने पार्टी बताएको छ।
  • जसपाले कांग्रेसलाई अवसरवादी, भ्रष्टाचारको गुरु र एमालेलाई अधिनायकवादी प्रवृत्तिको पार्टीको रूपमा उल्लेख गरेको छ।

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशले आफ्नै नेतृत्वको मधेस प्रदेश सरकारलाई ढालेको जनमत पार्टीलाई सिद्धान्तहीन पार्टीको विश्लेषण गरेको छ ।

जनकपुरधाममा सोमबारदेखि सुरु भएको जसपा नेपाल, मधेस प्रदेशको पहिलो अधिवेशनको क्रममा बन्द सत्रमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न ७ दलहरुको विश्लेषण गरेको छ । जसअनुसार मधेस केन्द्रित दलको रुपमा रहेको जनमतलाई सैद्धान्तिक एवं वैचारिक दृष्टिकोणले अस्पष्ट एवं सिद्धान्तहीन पार्टीको रुपमा रहेको विश्लेषण गरेको हो ।

जसपा नेपाल, मधेस प्रदेशले जनमत  मधेसी जनताको भावनासँग खेलबाड गर्ने सस्तो लोकप्रियता कमाउने मनोरोगीहरुको जत्थाको रुपमा रहेको उल्लेख गरेको छ । जसपा नेपालका अनुसार जनमत पार्टीका अध्यक्ष सीके राउत विचलित मानसिकताको सिकार भएको एवं सुरुमा छुट्टै मधेस देश त्यसपछि दश लाखलाई रोजगारी र अहिले आएर ३० हजारलाई प्रहरी बनाउने झुटा नारा दिइरहेको छ ।

जसपा नेपालले मधेस केन्द्रित अर्का दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई भने आफूहरुकै वैचारिक एवं सैद्धान्तिक सामप्यता भएको पार्टीको रुपमा विश्लेषण गरेको छ ।

लोसपा पहिचान, संघीयता, समावेशिता र अधिकारको पक्षधर लोकतान्त्रिक पार्टी रहेको भन्दै भविष्यमा यस दलसँग सहकार्य गर्न सकिने उल्लेख गरेको छ ।

जसपा नेपाल मधेस प्रदेशका अध्यक्ष बालकिशोर प्रसाद यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसले लोकतान्त्रिक चरित्र देखाएपनि व्यवहारमा अवसरवादी, केन्द्रीकृत सोच राख्ने र मधेस तथा सीमान्तकृत समुदायप्रति पर्याप्त संवेदनशीलता नदेखाएको उल्लेख गरेको छ । मुलुकमा ठूला–ठूला भ्रष्टाचार काण्ड भित्राएको भन्दै कांग्रेसलाई भ्रष्टाचारको गुरु पार्टीको रुपमा चिनाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

एमालेलाई अधिनायकवादी प्रवृत्तिको पार्टीको रुपमा चित्रण गरेको छ । एमाले मधेसी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम समुदायप्रति असंवेदनशील र अनुदार रहेको जसपा नेपाल मधेस प्रदेशले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

माओवादी केन्द्रले आफूलाई सर्वहारा वर्गको पार्टी भनेतापनि प्रवृत्तिमा कांग्रेस र एमालेभन्दा फरक नदेखिएको जसपाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रुपमा अपरिपक्व भएपनि प्रभावशाली नव आगन्तुक शक्तिको रुपमा देखिएको जसपा नेपाल मधेसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । रास्वपाले संघीयता, आरक्षण र पहिचान सम्बन्धी विषयमा अस्पष्ट।रक्षात्मक धारणा राखेको भन्दै यो पार्टीको गहिरो वैचारिक दिशा र दिर्घकालिन नीतिगत स्पष्टता नभएको उल्लेख गरेको छ ।

जसपा र रास्वपाबीच संघीयता र सामाजिक न्याय सम्बन्धी दृष्टिकोण फरक रहेकाले वैचारिक दूरी कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष