
नुवाकोट- नुवाकोट शिवपुरी गाउँपालिकाको सुइरेचौर अहिले हिमाल प्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ।
काठमाडौंको सामाखुसीबाट करिब ४५ मिनेटमै पुगिने यो रमणीय ठाउँबाट अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिम श्रृङ्खलाहरूको मनमोहक दृश्य नजिकैबाट हेर्न सकिन्छ।
स्थानीय प्रधान लामा तामाङका भनाइअनुसार, राजधानीबाट नजिकै हुनु र स्तरीय बसोबासको प्रबन्धले गर्दा शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटकहरूको बाक्लो घुइँचो लाग्ने गरेको छ।
तस्बिरहरू: