निर्वाचनको तयारी शुरु गर्छौं: कांग्रेस

निर्वाचनको तयारी शुरु गर्छौं: कांग्रेस
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी अब निर्वाचनको तयारीमा लाग्ने र पछि नहट्ने स्पष्ट पारे।
  • घिमिरेले असंवैधानिक ठानेको वर्तमान सरकार र संसद् विघटनको विषयमा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा गरिने बताए।
  • पार्टीको कार्यसम्पादन समितिको निर्णयले निर्वाचनको तयारीलाई अगाडि बढाउने र चुनावमा जान तयार रहेको छ।

काठमाडौँ- नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी अब निर्वाचनको तयारीमा लाग्ने बताएका छन्।

बुधवार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस निर्वाचनमा जानबाट पछि नहट्ने स्पष्ट गरे। उनका अनुसार लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा हुँदैन।

घिमिरेले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै उनले वर्तमान सरकार र संसद् विघटन असंवैधानिक रहेको जिकिर गर्दै, सर्वोच्च अदालतमा यस विषयमा १० वटा रिट परिसकेकाले अदालतको फैसलाअनुसार आगामी कदम चाल्ने बताएका छन्।

उनले भने, “अहिलेको परिस्थितिमा सभामुखले दायित्व र आगामी कदमबारे सुझाव लिनुभएको छ। आफ्ना दलको धारणा राख्ने अवसर दिनुभयो। वर्तमान सरकार र संसद् विघटन असंवैधानिक कदम भएको हामीले पहिले नै भनेका थियौं। दशैंअघि नै पार्टीको कार्यसम्पादन समितिको बैठकबाट पनि यो विषयमा धारणा सार्वजनिक गरिसकेका छौं। लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पछि हट्दैनौं। सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौं। हामी निर्वाचनमा जान तयार छौं र त्यसका लागि पार्टी अब तयारीमा लाग्छ।”

उनका अनुसार कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ र बैठकले थप निर्णय गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष