
काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।
बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकीर गरेका हुन् ।
अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताए । उनले सरकार असंवैधानिक र अवैध भएको पनि दोहोर्याए ।
अध्यक्ष ओलीले भने,‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ । चुनाव हुनेवाला छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन । अवंधानिक सरकार हो यो । अबैध सरकार हो । हामी सबैलाई थाहा छ । पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन ? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’
अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याए ।