आर्थिक उपार्जन गर्न फूल व्यवसाय

आर्थिक उपार्जन गर्न फूल व्यवसाय
+
-
देशसञ्चार AI सारांश
  • शिवजी महतोले १४ वर्षअघि दुई कट्ठाबाट सुरु गरेको फूलखेती व्यवसायले उनलाई वार्षिक रु २५ लाखसम्मको आम्दानी दिन सफल भएको छ।
  • महतोले फूलखेतीसहित लिची, आँप, सुनकागतीका ६० हजार बिरुवा नर्सरीमा उत्पादन गरी १० जनालाई रोजगारी दिएका छन्।
  • कृषिमा योगदानस्वरूप महतोले लहान नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ‘उत्कृष्ट कृषक’को सम्मान चार पटक प्राप्त गरेका छन्।

सिरहा – विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा लाखौँ कमाइ गर्न सफल हुनुभएको छ। भारतका विभिन्न सहरमा वषौैँदेखि पसिना बगाएका महतोले अहिले सिरहाको लहानमा फूलखेतीमार्फत आम्दानी गरिरेका छन्।

महतोले १४ वर्षअघि दुई कट्ठा जमिनबाट सुरु गरेको व्यावसायिक फूलखेती अहिले दुई बिघामा विस्तार भइसकेको छ। उनले मुख्यतया तिहार पर्व र विवाहको यामलाई लक्ष्य गरी मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्दै आएका छन्।

“नर्सरीको व्यापार वर्षको केही महिना मात्र चल्ने भएकाले फूलखेती सुरु गरेको हुँ। अहिले फूल र नर्सरी दुवैबाट मनग्य आम्दानी भइरहेको छ”, महतोले भने। हाल उनले नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झण्डै ६० हजार बिरुवा उत्पादन गर्दै आएका छन्। फूलखेतीमार्फत मात्र वार्षिक रु २५ लाखसम्मको आम्दानी हुने गरेको उनले बताए। साथै महतोले १० जनालाई रोजगारीसमेत दिएका छन्।

लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्छन्, “विदेशमा जति मेहेनत गरिन्छ, त्यति मेहेनत यहाँ गरे घरमै बसेर कमाइ गर्न सकिन्छ।” उनले कृषिकर्ममा पुर्‍याएकाे योगदानलाई मूल्याङ्कन गर्दै लहान नगरपालिकाले दुईपटक र कृषि ज्ञान केन्द्र सिरहाले दुईपटक ‘उत्कृष्ट कृषक’को सम्मानसमेत प्रदान गरिसकेको छ।

“पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङबाट फूलको माग हुन्छ”, महतो बताउँछन्, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु।” आगामी तिहारमा रु १५ लाखबराबरको फूल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। यद्यपि हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उनको अनुमान छ।

महतोले यस वर्षदेखि लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गर्नुभएको छ। कृषिमा निरन्तर लगाव, परिश्रम र प्रतिबद्धताले उहाँ यस क्षेत्रका अरु किसानका लागि प्रेरणाको स्रोत बनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष