संसद विघटन ‘असंवैधानिक र अलोकतान्त्रिक’ : ओली

संसद विघटन ‘असंवैधानिक र अलोकतान्त्रिक’ : ओली
+
-
देशसञ्चार AI सारांश
  • एमाले अध्यक्ष केपी ओलीले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै पुनःस्थापनाको माग अघि सारेका छन्।
  • असंवैधानिक संसद विघटनले देशको सार्वभौमसत्तामा कमजोर पार्ने ओलीको आरोपसँगै पार्टीले विरोध जनाएका छन्।
  • संसद विघटनपछि आउँदो फागुन २१ गतेका लागि नयाँ चुनाव मिति तय भएको एमालेको भनाइ छ।

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ‘असंवैधानिक र अलोकतान्त्रिक’ भएको टिप्पणी गरेका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा संसद विघटनको विपक्षमा उभिने प्रस्ताव गरेका हुन्।

उनले प्रतिनिधिसभाको विघटन ‘असंवैधानिक र अलोकतान्त्रिक’काले त्यसलाई बदर गरेर संसद पुनःस्थापना हुने तर्क अघि सारेका छन्।

अघिल्लो संसद हुँदा दुईपटक संसद विघटन गरेर देशलाई राजनीतिक अन्योतामा फसाएका ओली यसपटक सत्ताबाट जेनजी आन्दोलनका कारण च्युत भएसँगै संसद पुनःस्थापनाको पक्षमा उभिएका हुन्। एमाले विघटित प्रतिनिधिसभामा ७८ सिटसहित दोस्रो ठूलो दल हो।

ओलीले संसद विघटनले सार्वभौमसत्ता कमजोर भएको जिकिर गरेका छन्। ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकाय विहीन अवस्थामा पुर्याएको छ र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको छ । यसले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ। हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा संसद विघटन भएको थियो। संसद विघटन गरेर आउँदो फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ।

सभामुखलाई पनि एमालेले संसद विघटनको विपक्षमा उभिन सुझाव दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष