
काठमाडौँ – जेन–जी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु भएको छ । दुई सिफ्टमा काम सुरू भएको हो।
राहदानी आवेदनका लागि अनलाइन स्लट बुकिङको समय हरेक दिन साँझ ५ बजे खुल्ने जानकारी गराइएको छ।
सीमित आवेदन स्टेसन र सेवाग्राहीको बाक्लो भीड भएकाले काठमाडौँ प्रशासनले सबै सेवाग्राहीलाई आवेदन फारममा उल्लेख भएको समयमा मात्र उपस्थित भई सहयोग गर्न अनुरोध गरेको छ।