
काठमाडाैँ – एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने भएकाे छ। यस सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ।
यस समझदारीसँगै यस बैंकका ग्राहकले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछ।
ग्राहकले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।