
सुनसरी – सुनसरीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। बुधबार बिहान लौकहीबाट ईनरुवातर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा ३८ वर्षीय सन्तोष बस्नेतको साथबाट खैरो हिरोईन १२.७० ग्राम फेला पारेको डिएसपी योगराज खतिवडाले जानकारी दिए।
उक्त लागुऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।
त्यस्तै, मंगलबार बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा मेडिकल पसलबाट लागूऔषधि बरामद गरेको प्रहरीले जनाएको छ। पसल सञ्चालिका ४० वर्षीया शान्ति राजधामीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि औषधि व्यवस्थापन विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए।