संसद विघटनविरुद्ध परेका रिटको पहिलो सुनुवाई कात्तिक १२ गते हुने

संसद विघटनविरुद्ध परेका रिटको पहिलो सुनुवाई कात्तिक १२ गते हुने
+
-

काठमाडौँ – प्रतिनिधिसभा पुनःस्थापना र सुशीला कार्की नेतृत्वको सरकार गठनको वैधानिकतामाथि प्रश्न उठाउँदै परेका रिट निवेदनहरुको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते हुने भएको छ।

मंगलबार दश वटा रिट निवेदन भएका थिए भने बुधबार थप दुईवटा थपिएपछि सबै रिट निवेदनहरुलाई सर्वोच्च प्रशासनले दर्ता गरेर कात्तिक १२ गतेका लागि पेशी तारिख तोकिएको हो। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कात्तिक १२ गते बिहान १० आफूहरुलाई उपस्थित हुन पर्चा दिइएको जानकारी दिए।

भदौ २७ गते भएको प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वमा बनेको सरकार गठनविरुद्ध अधिवक्ता पौडेलसहित, अधिवक्ता प्रेमराज सिलवाल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँले रिट निवेदन दिएका हुन्।

जेनजी आन्दोलनपछि भदौ २७ गते संविधानको धारा ६१ (४) का आधारमा सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।

प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रपतिलाई दिइएको संविधानको संरक्षकको धाराका आधारमा कार्कीलाई नियुक्त गरिएको छ। दुवै कार्य संविधानको उल्लंघन भएको निवेदकहरुले उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

संसद विघटन र कार्की सरकारको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा १० रिट

संसद विघटन र कार्की सरकारको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा १० रिट

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष