विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः लिङ्देन

विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः लिङ्देन
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनीसमेत दिए।

राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उनको भनाइ छ। आफ्नो योग्यता, कार्यक्षमतामाथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उनले बताए।

उनले भने, ‘हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधिको संख्या ४६ सयको हाराहारीमा छ। २५ प्रतिशतले विशेष महाधिवेशनको माग गर्नुपर्छ। त्यो भनेको झन्डै साढे १२ सय/१३ सय हाराहारी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर हुन आउँछ। मैले त त्यस्तो महाधिवेशन प्रतिनिधिको माग आयो भने मेरो योग्यतामाथि, कार्यक्षमतामाथि प्रश्न उठाएर त्यति साथीहरुको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाइदिन्छु।’

उनले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताए। राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथी प्रश्न उठाउँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष