मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा सोनल नियुक्त

मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा सोनल नियुक्त
+
-

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई नियुक्त गरेकी हुन्। सोनल ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्।

मंगलबार अल्पमतमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले बुधबार अपरान्ह ४ बजेसम्म दावी पेश गर्न समय दिएकी थिइन्। तर बुधबार मुख्यमन्त्रीमा दुई वटा दावी परेपछि ढिलो गरी सोनललाई नियुक्त गरिएको हो।

सोनललाई लोसपासहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको हो।
यस्तै, दोस्रो दावी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको हस्ताक्षरसहितको दावी पेश गरिएको थियो। तर जनमतका संसदीय दलका नेता उक्त पत्र गलत भएको भन्दै प्रदेश प्रमुखलाई आफूहरुको समर्थन सोनललाई रहेको भनेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष