पेस्तोल र हतकडीसहित दुई जना पक्राउ

पेस्तोल र हतकडीसहित दुई जना पक्राउ
+
-

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउपर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन्।

पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष