
काठमाडौँ – ओमान र नेपाल एकअर्काविरुद्धको खेलअघि नै विश्वकपमा छनोट भएका छन्। अन्तिम दुई खेल बाँकी हुँदै नेपाल लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउन सफल भयो।
बुधबार भएको खेलमा युएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्ने पक्का भएको हो।
आगामी वर्ष भारत र श्रीलंकामा टी-२ विश्वकपको आयोजना हुँदै छ। जहाँ नेपालले आफ्नो सहभागिता सुनिश्चित गर्न सफल भयो। प्रतियोगितामा नेपाल र ओमान अपराजित रहँदै छनोट भए। अब आज हुने खेल प्रतियोगिताको च्याम्पियन बनेर विश्वकप पुग्ने दौडका लागि महत्वपूर्ण हुनेछ।
बुधबार भएको खेलमा युएईले पहिले ब्याटिङ गर्दै सामाओलाई २ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित २ ओभरमा विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। उसका लागि अलिशान सर्राफुले ८६ रनको शानदार इनिङ्स खेल्दा राहुल चोपराले ६२ रन बनाए।
जवाफमा सामाओ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो। फराकिलो जितसँगै युएईले पनि विश्वकप छनोटको सम्भावना कायम राखेको छ।