कर्णाली याक्स र नेबिकोबीच साझेदारी (तस्बिरहरू)

कर्णाली याक्स र नेबिकोबीच साझेदारी (तस्बिरहरू)
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली याक्स स्पोर्ट्स र नेबिको लिमिटेडबीच एनपिएलको लागि सह-प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ।
  • नेबिकोका सिइओले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र कर्णालीसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए।
  • कर्णाली याक्सले एनपिएलको दोस्रो संस्करणमा ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा निरन्तरता दिँदै मार्की खेलाडीसँग सम्झौता गरेको छ।

काठमाडौँ- कर्णाली याक्स स्पोर्ट्स प्रा.लि. र नेबिको लिमिटेडबीच आगामी एनपिएलका लागि सह-प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ।

बिहीबार एक कार्यक्रमबीच कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत उपस्थित थिए।

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपिएल हुन लागेकोमा खुसी ब्यक्त गर्दै यसले सबैको हौसलालाई पुन एकपटक बुलन्द गर्ने बताए।

यस्तै घिमिरेले नेबिकोसँगको सहकार्यले टोलीको हौसला बढ्ने र खेलाडीहरुमा आत्माविश्वास बढ्ने बताए।

नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र कर्णालीमार्फत एनपिएलसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए।

उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउँदै यो सहकार्यले व्यवसायिक यात्रामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले नेपालमा क्रिकेटले दिएको खुसीमा सानो भएपनि हिस्सेदारि बन्न पाउँदा खुसी लागेको बताए।

सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि भएको हो।

नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ।

नेबिको गुल्कोज, कोकोनट, डाइजेस्टिभ बिस्कुट लगातयका उत्पादन चर्चित छन्।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ।

टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्। यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ।

 

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष