
काठमाडौँ – एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वउपाध्यक्ष विद्यादेवि भण्डारीको पार्टी सदस्यता नविकरण गर्न प्रस्ताव गरेका छन्।
बिहीबार केन्द्रीय कमिटीको बैठकमा बोल्ने क्रममा र पछि लिखित रुपमै ढुंगेलले भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा ल्याउनुपर्ने धारणा राखेका हुन्।
पार्टीको अध्यक्ष नै ताकेपछि केपी ओलीले भण्डारी नविकरण भइसकको सदस्यता नै रोकेका थिए। जेनजी आन्दोनलका कारण प्रधानमन्त्री रहेका ओली बालुवाटारबाटै हेलिकोप्टर चढेर भागेपछि उनले पार्टीबाटै बिदा लिनुपर्ने माग उठेको छ।
ओलीको पक्षमा उभिदै आएका ढुंगेल बिहीबार एकाएक भण्डारीको पक्षमा उभिएका हुन्।
त्यस्तै केन्द्रीय सदस्यहरु रविन कोइला, युवराज बास्कोटा, रचना खड्का, रामलाल साह, ममता गिरी, विद्या सुन्दर शाक्यलगायत ले पनि भण्डारीको पार्टी सदस्यता नविकरण गर्नुपर्ने धारणा बैठकमा राखेका छन्। उनीले ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन्।