उत्कृष्ट लघुफिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम

उत्कृष्ट लघुफिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम
+
-
देशसञ्चार AI सारांश
  • ‘राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव’मा ‘संगिनी’ उत्कृष्ट लघु फिल्म, ‘कलर अफ टी’का राज सरगम उत्कृष्ट निर्देशक घोषित भए।
  • प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्याउने प्राध्यापक त्रिपाठी र अन्यलाई नगद र सम्मानपत्र दिए।
  • मन्त्री जगदीश खरेलले गलत काम नगर्ने प्रतिबद्धता जनाउँदै ‘हट सिट’ कार्यक्रमले महत्त्वपूर्ण बहस सुरु गरेको बताए।

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव’मा उत्कृष्ट लघु फिल्म ‘संगिनी’ र उत्कृष्ट निर्देशकमा ‘कलर अफ टी’का निर्देशक राज सरगम छनौट भएका छन्।

बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हाे ।

महोत्सव’मा नौ लघु चलचित्र प्रतिष्पर्धी थिए। प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्र मध्ये प्रतिष्पर्धाका लागि नौ चलचित्र छानिएको हो। उनले भने, ‘गुरु हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरेका हौँ। याे महाेत्सवले नयाँ भाइबहिनीलाई प्रोत्साहित गर्नेछ।’

उत्कृष्ट तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी,’ राज सरगम निर्देशित ‘कलर अफ टी’, सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ छानिएका छन् जसलाई प्रतिष्ठानले नगद १ लाख, ५० हजार र २५ हजार र सम्मान—पत्रले सम्मान गरेको छ।

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ र सम्मान पत्र पाएका छन्।

रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठको निर्णायक टोलीले निर्णय गरेको हो।

त्यसैगरी प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गरेको छ।

प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र गायक धिरज राईलाई जनही एक लाख र सम्मानपत्रले सम्मानित गरेको हो।

मन्त्री खरेलको व्यक्तित्वमाथि लेखक निबन्धकार दिपक सापकोटाले व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षबारे चर्चा गरे। उनले भने, ‘पत्रकार जगदीश खरेलले चलाउने ‘हट सिट’ कार्यक्रमले नेपाली समाजमा बहस सिर्जना गरेको थियो। राज्य सञ्चालन गर्नेहरुलाई गम्भीर तयार गर्न बाध्य बनाउँदै आएकाे थियाे।’

त्यसैगरी गायक धिरज राई, गायिका मिरा राणाको व्यक्तित्वमाथि कलाकार तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटा र कलाकार रबिन्द्र खड्काले प्रष्टाएका थिए। गायक राई युरोपका सहरमा ‘बुद्ध वाज बर्न’ भन्दै विश्वमा बुद्ध चिनाउन हिँडिरहेका अभियन्ता हुन्। उनका दर्जनौँ गीत हिट छन्। पाँच दशकदेखि सांगीतिक क्षेत्रमा बिताएकी राणाले विभिन्न भाषा र नेपाली चलचित्रका लागि पनि गाएकी छन्।

पुरस्कार ग्रहण गरिसकेपछि मन्त्री खरेलले आफूले गलत काम नगर्ने प्रतिबद्धता गरे। उनले भने, ‘मैले जानेर बुझेर कुनै गलत काम गर्ने छैन। तेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन। मलाई नागरिक सरकारले मन्त्री बनाएको हो। तपाईंहरूले डोर्‍याएको बाटो हिँड्ने छु।’

मन्त्री खरेलले आफू गायक कलाकार बन्न नसके पनि पत्रकारितामार्फत कल्याणी रिमालको विरासतलाई पछ्याएको बताए।

मन्त्री खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय मन्त्री हुनुअगाडि नै गरेको थियो। असोजको २ गते गरिने भनिएको कार्यक्रम जेन्जी आन्दोलनका कारण पछाडि सरेको थियो।

प्रतिष्ठानको अवस्थाको बारेमा प्रयागराज भट्टराई वशिष्ठले प्रष्टाएका थिए। आजसम्म सरकारी तबरबाट सहयोग नपाएको बताउँदै उनले भने, ‘प्रतिष्ठानले अहिले पनि कसैसँग पैसा लिएको छैन। हरिप्रसाद रिमालले पाएको पुरस्कारहरूबाट पाएको पैसालाईं कोषका रूपमा उभ्याएर प्रतिष्ठान स्थापना गरेको हो।’

भाषा साहित्य क्षेत्रमा लामो योगदान पुर्‍याएका प्राध्यापक त्रिपाठीले यस्ता प्रतिष्ठानहरूलाई बचाइराख्न नयाँ पुस्तालाई पनि सँगसँगै लैजानु पर्ने बताए। उनले पुरस्कृत स्रष्टा तथा प्रतिष्पर्धाका लागि सहभागी चलचित्र निर्देशक कलाकारलाई शुभकामना तथा बधाई दिए। उनले भने, ‘हरिप्रसाद रिमाल र कल्याणी रिमालको नाममा स्थापित यो प्रतिष्ठानले नयाँ पुस्तालाई हौसला दिने काम गरेको छ।’

कार्यक्रममा ९४ वर्ष लागेकी हरिप्रसाद रिमालकी धर्मपत्नी कल्याणी रिमालको पनि उपस्थिति थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष