
काठमाडौँ- ट्राफिक प्रहरीले मोडिफाइ गरिएका मोटरसाइकलहरूलाई काठमाडौँका सडकहरूबाट नियन्त्रणमा लिएको छ।
बिहीबार बिहा देखि २ सयभन्दा बढी त्यस्ता बाइकहरू नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
जेनजी आन्दोलनताका ठूलो आवाज निकालिने बाइकहरूका कारण सर्वसाधारणलाई तर्साइएको थियो। ट्राफिक प्रहरीले ती र त्यस्ता खालका बाइकहरूलाई कारबाही गर्ने रणनीति लिएको छ।
नियन्त्रणमा लिइएका कुनै बाइकमा ‘TOB’ पनि लेखिएको छ।
यो अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जानकारी दिएको छ।
तस्बिरहरू: