दाङमा होटलमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ

दाङमा होटलमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • दाङमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नगदसहित पक्राउ गरेको छ।
  • प्रहरीले करिब १ बजे धावा बोलेर १ लाख ८८ हजार ८८० रुपैयाँ र ११ गड्डी तास बरामद गर्यो।
  • पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरी अनुसन्धान जारी छ।

दाङ – दाङमा होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। मध्य राति करिब १ बजे घोराही उपमहानगरपालिका–१५ शहीद गेट नजिक रहेको होटल सुपर लजको कोठा नम्बर १०३ मा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटिएको टोलीले कोठाबाट नगद १ लाख ८८ हजार ८ सय २० रुपैयाँ र ११ गड्डी तास बरामद गरेको जनाएको छ। सोही क्रममा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–६ का ४८ वर्षीय सुरेन्द्र हमाल, तुलसीपुर–९ का ४५ वर्षीय गुम बहादुर चलाउने, तुलसीपुरकै ५० वर्षीय विर बहादुर बस्याल, घोराही–१४ का ५० वर्षीय विष्णु गुप्ता, घोराही–१५ का ३९ वर्षीय खिम बहादुर डाँगी, घोराही–१३ का ३३ वर्षीय सुर्य बोहरा, घोराही–११ का २७ वर्षीय गोबिन्द डाँगी, घोराही–१७ का ३१ वर्षीय रजनिस चौधरी, घोराहीकै ३१ वर्षीय पंकज न्यौपाने र आकाश लम्साल, तथा घोराही–३ का २० वर्षीय सुरज पुन रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय दाङबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष