जिल्ला अदालत काठमाडौँले कात्तिक ९ गतेदेखि ११ किसिमका सेवा दिने

जिल्ला अदालत काठमाडौँले कात्तिक ९ गतेदेखि ११ किसिमका सेवा दिने
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँ जिल्ला अदालतले कात्तिक ९ गतेदेखि ११ किसिमका सेवा विस्तार गर्ने निर्णय गरेको छ।
  • अदालतले म्याद थप, जरुरी पकाउ पूर्जी, र विवाह तथा विशेष प्रकृतिका निवेदनको दर्ता गर्नेछ।
  • सेवा अवरोधका कारण, मुद्दाका पक्षहरुको तारेख गुज्रिएको पटक कायम नहुने निर्णय भएको छ।

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले कात्तिक ९ गतेदेखि ११ किसिमका सेवा प्रदान गर्ने भएको छ। बिहीबार बसेको फुलकोर्ट बैठकले कात्तिक ९ गते आइतबारदेखि सेवा विस्तार गर्ने निर्णय गरेको हो।

श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त दिनदेखि म्याद थप, कल डिटेल अनुमति, जरुरी पकाउ पूर्जी स्वीकृती, पक्राउ पूर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने निर्णय गरेको छ।

त्यस्तै अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिबादीहरुको बयान एवं थुनछेक बहस गर्ने, दर्ताद्वारा विवाह, अधिकृत वारेशनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरुको दर्ता तथा कारबाही गर्ने निर्णय भएको छ।

त्यस्तै कात्तिक ९ गतेदेखि दुबै पक्षको सहमतिमा मिलापत्र हुने फिरादपत्र, प्रतिउत्तरपत्र तथा मिलापत्रको दरखास्तपत्र सहित दर्ता हुन आएका सम्बन्ध विच्छेद मुद्दाका नयाँ फिरादपत्र तथा प्रतिउत्तपत्र दर्ता गर्ने निर्णय पनि काठमाडौँ जिल्ला अदालतले गरेको छ।

त्यस्तै भदौ २३ र २४ गतेको आन्दोलनका कारण अदालतको सेवामा भएको अवरोधका कारण नियमित सेवा सुचारु नभए सम्मको लागि मुद्दाका पक्षहरुको तारेख गुज्रिएको पटक कायम नहुने, म्यादरहदम्याद नगुजिने भट्टराईले जानकारी दिए।

अदालतको काम कारबाही सुचारु भएको मितिले बाटोको म्याद बाहेक ३० दिनभित्र अदालतमा उपस्थित हुन सक्ने सुविधा दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष