
बुटवल- बिगोबमोजिम रकम बुझाएर थुनाबाहिरैबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी प्रकरणका अर्का अभियुक्त छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ ।
यसअघि जोशीले पनि बिगोअनुसार रकम बुझाएर थुनाबाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न माग गरे पनि रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको थियो। उक्त आदेशबिरुद्ध जोशीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए।
यसअघि लामिछाने पनि जिल्ला अदालतले माग अस्वीकार गरेपछि उच्च गएका थिए। उच्चले यसअघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो।
बिहीबार लामिछानेको मुद्दामा न्यायाधीशद्वय राई र अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसँगै राखेर हेर्न आदेश गरेको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए। जेनजी प्रदर्शनका क्रममा बुटवल इजलासका सबै फाइल जले पनि लामिछाने र जोशीका फाइल बचेका थिए।