जेनजी आन्दोलनलाई विदेशी प्रपञ्च भनेर नटारौँ: पोखरेल

जेनजी आन्दोलनलाई विदेशी प्रपञ्च भनेर नटारौँ: पोखरेल
+
-
देशसञ्चार AI सारांश
  • एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनलाई देशी-विदेशी प्रपञ्च भनेर टाल्न नमिल्ने भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
  • पार्टीमा एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने र सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने प्रस्ताव गरिएको छ।
  • पार्टी कमिटीमा ३३ प्रतिशत युवा सहभागिता सुनिश्चित गर्दै आन्तरिक लोकतान्त्रिक अभ्यासलाई सुधार्नु आवश्यक रहेको धारणा राखिएको छ।

काठमाडौं – एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई देशी-विदेशी प्रपञ्च भनेर टार्न नमिल्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा बिहीबार धारणा राख्दै पोखरेलले आन्दोलनको समीक्षा र नेतृत्वदेखि नै रूपान्तरणको आवश्यकता रहेको बताएका हुन्। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकादेखि उच्च सरकारी कार्यालय ध्वस्त कसले बनायो भन्ने सूचना तत्कालीन सरकारसँग थियो वा थिएन भन्ने प्रश्न समेत गरे। उनले भने, ‘न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाका केन्द्रहरू, राष्ट्रपति, प्रधानमन्त्रीको निवास, प्रमुख राजनीतिक दलको कार्यालयहरू र सयौं नेता कार्यकर्ताहरूको निवास जलाउने काम जेनजी युवाको नाममा कसले गरायो? जेनजीका माग के थिए? यति ठूलो देशव्यापी नरसंहारको तयारीबारे राज्य संयन्त्रमा बसेर हामीले कति थाहा पायौं? हामी कहाँ चुक्यौ ? यी सबै प्रश्नको जवाफ हामीले खोज्नै पर्दछ। यी सबै घटना देशी-विदेशी प्रपञ्च हो, धुलो टकटकाएर उठौं भनेर मात्र हुँदैन। गम्भीर समीक्षा गरी हामी नेतृत्वदेखि रूपान्तरित हुनै पर्दछ।’

उनले एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्थाको पनि प्रस्ताव गरे। यस्तै मन्त्री र सांसद समेत तीन पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था पार्टीले लिनुपर्ने धारणा राखे।

सम्पूर्ण पार्टी कमिटीमा ३३ प्रतिशत युवा सहभागिताको पक्षमा उनले धारणा राखे। उनले भने, ‘युवाहरूले सहभागिताको कुरा खोजेका छन्, हाम्रा कमिटीहरूमा नगण्य युवाहरूको सहभागिता छ। अब भनौं ३३ प्रतिशत हाम्रा सबै कमिटीमा युवा हुनेछन् र महाधिवेशनमा पनि ३३ प्रतिशत युवाहरूको प्रतिनिधित्वको सुनिश्चितता गरौं र युवाहरुलाई आफ्नो भविष्य हामै पार्टीमा छ भन्ने कुरा विश्वास सिर्जना गरौं। यस्तै एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने र मन्त्री सांसद तीन पटकभन्दा बढी बन्न नपाउने नीतिगत व्यवस्था गरौं।’

प्रतिनिधि सभा विघटनको परीक्षण सर्वोच्चले गर्ने भन्दै उनले पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राखे। युवाहरूले भ्रष्टाचारमुक्त र सुशासनको सवाल उठाएका भए पनि जनताले अनुभूति गर्नेगरी काम हुन नसकेको उनले बताए। पार्टी नेताहरूको सम्पत्ति छानबिनका लागि आयोग बनाउन पनि उनले प्रस्ताव गरे।

उनले भने, ‘पार्टीमा उच्चस्तरमा शक्तिशाली सम्पत्तिदेखि सबै छानबिन गरी कारबाही गर्न सक्ने आयोग गठन गरेर पारदर्शी बनौं।’ पार्टी आन्तरिक लोकतान्त्रिक अभ्यासमा समेत चुकेको उनले बताए। पार्टी भित्रका गुटका भर्याङ भत्काउन आवश्यक रहेको पनि उनले बताए। पोखरेलले भने, ‘पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासको सुरुवात गर्न हामी धेरै ठाउँमा चुक्यौं। विगतमा चाहेर पनि नचाहेर पनि गुटको भर्याङ बनायौं। यी सबै चिज भत्काऊ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष