सीप विकास कार्यक्रमका लागि उद्योग संगठन मोरङ र टिभेट परियोजनाबीच सहकार्य हुने

सीप विकास कार्यक्रमका लागि उद्योग संगठन मोरङ र टिभेट परियोजनाबीच सहकार्य हुने
+
-
देशसञ्चार AI सारांश
  • उद्योग संगठन मोरङले दक्ष जनशक्ति विकासका लागि इन्स्योर परियोजना र अन्य संस्थाहरूसँग त्रिपक्षीय सम्झौता गरेको छ।
  • सम्झौताले तालिम कार्यक्रमहरू मार्फत प्रशिक्षार्थीहरूको सीप विकास र रोजगारीका अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
  • इन्स्योर परियोजनाको सहयोगमा स्वीस सरकारका अन्य परियोजनासँग सहकार्य गरी दीर्घकालीन प्रभाव पर्‍याउने विश्वास छ।

मोरङ – दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विकास गर्ने उद्धेश्यका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजना, एन.भी.क्यू.एस तथा क्वालिटी परियोजनाबीच त्रिपक्षीय सम्झौता गरेको छ। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार उद्योग तथा ब्यवसाय क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन र विकासका लागि एकवर्षका लागि तीनवटा संस्थाबीच सहकार्य गर्नेगरि सम्झौता भएको हो।

इन्स्योर परियोजना स्वीस सरकार अन्तर्गत सञ्चालित छ। सो सम्झौता अनुसार तालिम प्रदायक शैक्षिक संस्था र औद्योगिक प्रतिष्ठानहरुको सहकार्यमा प्रशिक्षार्थी तालिम, उद्योगमा कार्यरत मानव संसाधनका लागि सीप स्तरोन्नती तालिम, मानव स्रोत ब्यवस्थापन, स्वास्थ्य, सिकाई मान्यता प्रणाली, सीप उत्सव, विजनेस एट स्कुल लगायतका तालिमका प्रशिक्षकहरुका लागि ब्यवहारिक कक्षा लगायतका क्रियाकलाप सञ्चालन हुने अध्यक्ष राठीले जानकारी दिए। उनका अनुसार त्रिपक्षीय संस्थाबीच निरन्तर समन्वय, सहकार्य प्रवद्र्धन, र प्राविधिक जनशक्ति उत्पादनका लागि सहज वातावरण सिजृना गर्न सहयोग पुराउने सहमति समेत बनेको उनले जानकारी दिए।

उद्योग प्रतिष्ठानहरुमा आवश्यक प्राविधिक सीप भएका दक्ष जनशक्तिको अभाव रहेको बताउँदै अध्यक्ष राठीले देखिएका अभाव पूर्ति गर्नका लागि यस सम्झौताले दीर्घकालिन रुपमा प्रभाव पार्ने विश्वास लिएको बताए। उनका अनुसार सहमति र सहकार्यमा हुने कार्यक्रमले तालिम प्राप्त ब्यक्तिहरुलाई रोजगारीको अवसर प्रदान गर्ने र उद्योगको उत्पादकत्व बृद्धि गर्ने लक्ष्यसहित अघि बढ्न सकिनेमा जोड दिए।

सम्झौतामा उद्योग संगठनबाट अध्यक्ष राठी, इन्स्योर परियोजनाबाट टिम लिडर रविन्द्रबहादुर सिंह, र क्वालिटी परियोजनाबाट भानु पंडित र एन.भी. क्यू.एसका आनन्द पौडेलले हस्ताक्षर गरेकाछन्। इन्स्योर परियोजनाको सहकार्यमा विगत ५ वर्षदेखि संगठनले सञ्चालन गर्दै आएको सीप विकास कार्यक्रममा यसपटकदेखि स्वीस सरकारको अन्य दुई परियोजनासमेत जोडिएको हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष