टासी ल्हान्जोम हुम्लावासीः लामा साँस्कृतिक मञ्च

टासी ल्हान्जोम हुम्लावासीः लामा साँस्कृतिक मञ्च
+
-
देशसञ्चार AI सारांश
  • ल्हान्जोमबारे आएका अनावश्यक र आधारहीन टिप्पणीकालगायत विषयमा मञ्चले स्पष्ट पार्दै खण्डन गरिएको छ।
  • विज्ञप्तिले तथ्यहीन र भ्रामक अभिव्यक्तिप्रति निन्दा गर्दै राष्ट्रिय एकता र सौहार्दतामाथि प्रहार नगर्न चेतावनी दिएको छ।
  • सबै नेपालीहरूलाई विभेद नगरी साझा मान्यतालाई आत्मसात् गर्न आग्रह गर्दै यो गैरजिम्मेवार कार्यको आलोचना गरिएको छ।

हुम्ला – टासी ल्हान्जोम नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जी बस्तीकी स्थानीय बासिन्दा भएको लामा साँस्कृतिक मञ्च हुम्लाले जनाएको छ। मञ्चद्वारा आइतबार निकालिएको प्रेस विज्ञप्ति प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई पढेर सुनाउँदै मञ्चले टासी ल्हान्मोज हुम्लाकी पढे/लेखेकी नारी भएको र त्यसमा कुनै शंका नभएको स्पष्ट पारेको छ।

ल्हान्जोमबारे दुई दिनयता अनावश्यक र आधारहीन टिप्प्णी आइरहेका बेला मञ्चले यसबारे खण्डन गर्दै स्पष्ट पारेको हो।

विज्ञप्तिमा तथ्यहीन, भ्रामक र विभेदकारी अभिब्यक्तिप्रति घोर निन्दा गर्दै ब्यक्तिको चरित्रमाथि आँच आउने काम नगर्न चेवातनीसमेत दिइएको छ। टासी ल्हान्जोम हुम्ला आदिवासी जनजातिको एक सदस्य भएका,े केवल अनुहार, भाषा वा वेशभूषाका आधारमा हिमाली समुदायलाई तिब्बतीयन भनेर चित्रण गर्नु हाम्रो राष्ट्रिय एकता र सामाजिक सौहाद्र्धतामाथि प्रहार गर्नुसरह भएको उल्लेख गरिएको छ।

त्यसैगरी कुनै प्रमाणबिना, बास्तविक तथ्यबिना यस्ता गम्भीर बिषषमा सार्वजनिक अभिब्यक्ति दिनु अत्यन्त गैरजिम्मेवार र निन्दनीय कार्य भएको उल्लेख गरिएको छ। हिमाल पहाड, तराई सबै नेपालीको साझा मान्यतालाई आत्मसात् गर्न पनि आग्रह गरिएको छ।

सबै नेपाली हिमाली समुदायमा नेपाली माटोमा जन्मिएका, यही भूमिमा वसोवास गर्ने, यही मुलुका आधिकारिक नागरिक भएको र हाम्रो नशानशामा आफ्नो देशको प्रेम बगेको कुरा पनि विज्ञप्तिमा उल्लेख छ।

मञ्चका उपाध्यक्ष प्रेम लामा, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, नाम्खा गाउँपालिका– १ वडाध्यक्ष सोनामबहादुर लामा, सिमकोट गाउँपालिका– ४ का वडाध्यक्ष प्रताप लामा, आदिवासी जनजाति पत्रकार महासंघ हुम्लाका अध्यक्ष नरजन तामाङ, नेपाली काँग्रेस सिमकोट गाउँपालिका ३ नम्बर वडाका सभापति छिरिङ तान्वा लामाले हस्ताक्षर गरेका छन्। सो विज्ञप्ति प्रजिअ रेग्मीलाई हस्तान्तरणसमेत गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष