दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान
+
-
देशसञ्चार AI सारांश

  • मञ्जु श्रेष्ठले तनहुँमा दुई रोपनी क्षेत्रफलमा पाँच हजार सयपत्री फूलका बिरुवा रोपेर व्यवसायिक फूलखेती गर्दै आएकी छन्।

  • गत वर्षको तुलनामा यसपालि चाँडै फूलेको सयपत्री फूललाई तिहारसम्म संरक्षण गर्दै विभिन्न कार्यक्रमका लागि पनि उनी बिक्री गर्छिन्।

  • सामाजिक संजालमा फूलको प्रचार गरेपछि सोधपुछ बढेको छ भने गत तिहारमा रु एक लाखको बिक्री भएको थियो।

दमौली (तनहुँ)- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल उत्पादन गरेकी छन् ।

गत वर्ष तिहारकै बेला फूल फुल्ने गरेकामा यस वर्ष चाँडै सयपत्री फुलेपछि बजार के हुन्छ भन्नेमा अन्योल छाएको छ ।

उनले विगत पाँच वर्षदेखि सयपत्री फूलखेती गरिरहेकी छन् । गत वर्षहरूमा तिहारमा नै फुल्ने सयपत्री फूल यस वर्ष चाँडै फुलेको उनले बताइन् । श्रेष्ठले दुई रोपनी क्षेत्रफलमा सयपत्रीका पाँच हजार बिरुवा रोपेकी छन् ।

तिहारका बेला बजारको समस्या नहुने भए पनि अहिलेको फुलेको फूललाई तिहारसम्म संरक्षण गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन् । उनले भनिन्, “अघिल्लो वर्ष बजारको समस्या थिएन । तिहारका लागि बजारको समस्या हुँदैन । तिहारपछि भने बजारको समस्या हुँदै आएको छ ।”

श्रेष्ठले तिहारका लागि मात्रै नभई यसबेला गाउँघरमा हुने विभिन्न कार्यक्रमका लागि फूल बिक्री गरिरहेकी छन् । विशेषगरी सहकारी संस्थाको साधारणसभाका लागि सयपत्रीको मालाको माग आउने गरेको उनको भनाइ छ ।

उनका अनुसार एउटा फूलको थुङ्गा रु पाँचसम्म बिक्री हुने गरेको छ । यो वर्षका लागि पनि फूलको बारेमा सोधपुछ गर्ने क्रम बढेको उनले बताइन् । फेसबुक, टिकटकमा फूलको भिडिओ हालेपछि केही ठाउँमा सोधखोज गर्ने बढेको श्रेष्ठले उल्लेख गरिन् । गत वर्षको तिहारमा मात्र श्रेष्ठले रु एक लाखको सयपत्री फूल बिक्री गरेकी थिइन् । उनले भनिन्, “यो वर्ष अलि छिटो फुलेका कारण के हुन्छ भन्न सकिएन ।”

उनले मागअनुसारको फूल पुर्याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन् । उनले भनिन्, “पहिलोपटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ ।”

विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने श्रेष्ठले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको उनले बताइन् ।

श्रेष्ठले भनिन्, “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो । नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।”

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष