
- कोशी प्रदेश सभा जलेर ध्वस्त भएपछि बैठकका लागि वीरेन्द्र सभागृह राम्रो विकल्प ठहरिएको छ।
- बैठक सञ्चालनका लागि प्रस्ताव पठाइएको र महानगरले सभागृह भाडामा दिनेबारे निर्णय प्रक्रिया सुरु गरेन।
- महानगरको ठोकर बजार भवन पनि सम्भाव्यता अध्ययन गरिए पनि वीरेन्द्र सभागृह उपयुक्त ठानिएको छ।
बिराटनगर- गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा विराटनगरस्थित कोशी प्रदेश सभा जलेर ध्वस्त भएपछि बैठकका लागि विराटनगरको वीरेन्द्र सभा उपयुर्क्त हुने निर्ष्कष निकालिएको छ ।
प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न सचिवालय सञ्चालन तथा ब्यवस्थापन समितिको बैठकले विराटनगरको सभागृह प्रदेश सभाको लागि उचित हुने जनाएको हो।
प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले प्रदेश सरकारलाई सभागृहमा बैठक सञ्चालनका लागि पत्राचार गरिसकिएको जानकारी दिए।
औपचारिक रुपमा प्रक्रिया पुरा हुन बाँकी रहेको बताएका उनले प्रदेश सभा बैठकका लागि सभागृहको प्रयोग गर्न विराटनगर महानगरपालिकालाई प्रस्ताव समेत पठाएको बताए।
त्यसैगरी, महानगरका राजस्व महाशाखा प्रमुख सरोज गौतमले सभागृह भाडामा दिनेबारे प्रस्ताव आएको बताए । नगर विकास कोष र आन्तरिक स्रोतको लगानीमा २० करोड रुपैयाका लागतमा पुनःनिर्माण गरिएको सो भवनलाई प्रदेश सभा बैठक सञ्चालनका लागि निर्णय प्रक्रिया सुरु नभएको बताए ।
जेन जी आन्दोलनका क्रममा केही जेन जी युवाकै कारण सो सभागृह आगजनी र तोडफोडबाट जोगिएको थियो । प्रदेश सभाका सभामुख विष्टको नेतृत्वमा टोलीले यसअघि, मोरङको कटहरी गाँउपालिकास्थित फलफुल तथा तरकारी थोक बजारको भवनमा समेत प्रदेश सभा बैठक गर्न सकिने संभाव्यताका लागि निरीक्षण गरेको थियो ।
तर प्रदेशको सचिवालय सञ्चालन तथा ब्यवस्थापन समितिले विराटनगरको वीरेन्द्र सभागृहलाई नै उपयुक्त ठानेको छ ।