
- अभिनेत्री अञ्जना बराइली चलचित्र ‘महाभोज’बाट बक्स अफिसमा खासै कमाल गर्न नसके पनि निरन्तर काम गरिरहेकी छिन्।
- ‘परान’ फिल्म, जीवनको अन्त्यसम्म छोरासँगको सम्बन्ध प्रस्तुत गर्दै, चाडपर्वपछि रिलिज गर्न तयारी गरिएको छ।
- अञ्जनाले फिल्ममा मिजासिलो पात्र ‘रूपा’ निभाएकी छिन्, जसलाई दर्शकले विशेष रूपमा सम्झने विश्वास व्यक्त गरेकी छन्।
अभिनेत्री अन्जना बराइलीकाे पछिल्लाे चलचित्र ‘महाभाेज’ले बक्स अफिसमा कमाल गर्न नसके पनि उनले एकपछि अर्काे फिल्ममा काम गरिरहेकी छन्। निर्माता निर्देशककाे राेजाइमा परिरहेकी छन्। कात्तिक १४ गतेदेखि उनी अभिनित फिल्म ‘परान’ प्रदर्शनमा आउँदै छ। यसमा उनकाे विशेष भूमिका छ।
उनले पत्रकारहरुकाे भेटघाटकाे क्रममा विषयवस्तुका कारण परानमा अभिनय गर्न स्वीकारकाे बताएकी छन्। ‘यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्छ। मेराे भूमिका विशिष्ट भएकाले अभिनय गरेकी हुँ,’ उनले भनेकी छन्।
ठूला ब्यानरसँग काम गर्ने अभिनेत्री पनि हुन अन्जना। पहिलाे फिल्ममै हरिवंश मदनकृष्णसँग सहकार्य गर्दै आएकी अन्जनाले कुनै समयकी चर्चित अभिनेत्री पूजा चन्दसँग याे फिल्ममा सहकार्य गरेकी छन्।
दीपकप्रसाद आचार्यकाे निर्देशनमा बनेकाे याे फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा पेश गर्छ।
परान खाेजी खाेजी हेरिने फिल्म भएकाे बताउँछिन् अन्जना। ‘यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु।’
फिल्म प्रदर्शनकाे मितिकाे बारेमा पनि सुझाव दिएकाे उनले बताइन्। ‘प्रायः फिल्मलाई मैले यो समयमा रिलिज गर्नुस् भनेर भन्दिँन,’ उनले भनिन् ।
चाडपर्वकाे अवसर पारेर याे फिल्म चलाउन सुझाव दिएकी अन्जना भन्छिन्, ‘जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो । तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौं।’
अन्जनाका अनुसार परान फिल्म सबै उमेर समूहलाई मन पर्ने छ। फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ।
अञ्जनाले आफ्नाे भूमिकाकाे बारेमा पनि खुलाइन् । भनिन्, ‘फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ। मेरो पात्र एकदमै यादगार हुने देख्छु। मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ।’
गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बनेकाे कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो। फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ लगायतको अभिनय छ।