कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत

कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत
+
-

काठमाडौँ – सरकारले त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गरेको हो।

बैठकले गुरुयोजनाबमोजिम बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको छ। गुरुयोजनाको लागत १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्द्धनमासमेत यसको योगदान हुने उल्लेख गरे।

घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजनाबमोजिम रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि ‘टेण्डर प्रक्रिया’ अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए।

केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा गएका मन्त्री घिसिङले गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्गशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताए।

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन्। आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दाअगावै रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष