
सिमकोट – हुम्ला जिल्लाभर तिहारका बेला देउसी–भैलो राति नौ बजेपछि खेल्न नपाइने भएको छ। सबै नागरिकबीच आपसी सहयोग, सम्मान र सामाजिक अनुशासन पालना गर्दै पर्व मनाउँदा समाजलाई अझ गतिशील, सभ्य र ऐक्यबद्ध बनाउन स्थानीय प्रशाासनले यस्तो निर्देशन जारी गरेको हो।
देउसी, भैलो, नाचगानजस्ता कार्यक्रममा मर्यादित एवं अनुशासित रुपमा राति नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए।
त्यसैगरी, भुइँचम्पा, आतिशबाजी, प्लाष्टिकजन्य फूलमाला, पटकाजस्ता बिस्फोटक पदार्थ कानुनद्वारा नियमित निर्देशित वस्तुको अवैध आयात, ओसारपसार, सञ्चय, बिक्री वितरण र प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
मैनबत्ती, दियो तथा विद्युतीय उपकरण सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न, चाडवाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुर् याउने कुनै पनि गतिविधि साथै मनोरञ्जनको नाममा गैरकानुनी रुपमा चिट्ठा, जुवातास, कौडा, लंगुरबुर्जा, सट्टाबाजीजस्ता कानुनले निषेध गरेका क्रियाकलाप नगर्न आग्रह गरिएको छ।