
- बाह्रखरी मिडियाले कथा लेखनलाई प्रोत्साहित गर्न ‘डिशहोम सातौँँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा गरेको छ।
- प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
- कथाहरू १,५०० देखि ४,००० शब्दसम्मको हुनुपर्ने र वर्ड फाइलमा पठाउनुपर्नेछ, अन्यथा अयोग्य ठहरिनेछ।
काठमाडाैँ – कथा लेखनको सम्वद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले ६ वर्षदेखि निरन्तर चलाएको अभियानलाई निरन्तरता दिँदै ‘डिशहोम सातौँँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ घोषणा गरेको छ।
आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको छ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले इमेल गरेर कथा पठाउनुपर्नेछ। नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन्।
‘डिशहोम सातौँँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को निर्णायक समूहमा नाट्यकर्मी तथा साहित्यकार श्री अशेष मल्ल रहनुभएको छ भने सदस्यहरूमा वरिष्ठ कथाकार श्री मञ्जु काँचुली तथा कथाकार श्री अभय श्रेष्ठ छन्।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाट्ने काम गर्नेछ। आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ।
ती कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा, २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथा छानेर पठाउनेछ। निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो।
संग्र्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ। गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ९३७ कथा प्राप्त भएको थियो।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८२ पुस दोस्रो सातासम्ममा एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ। सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा, २०८२ को लोकार्पण पनि गरिनेछ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रह पुस्तकको प्रकाशन फाइनप्रिन्टले गर्नेछ। यस कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिशहोम डिश मिडिया नेटवर्क रहेको छ।
उत्कृष्ट कथा, २०८२ को प्रकाशनका लागि प्रकाशन पार्टनरका रूपमा फाइनप्रिन्ट रहेको छ। प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा एनआईएमबी बैंक, युनाइटेड अजोड इन्स्योरेन्स लि।, गोल्यान समूह, वेदालय कन्सट्रक्सन, यती एयरलाइन्स र हिमालयन एयरलाइन्स रहेको छ।
सर्त तथा नियम
रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ।
अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन पाइने छैन।
कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ। नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन।
छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ।
यस प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीसँग पूर्वस्वीकृति अनिवार्य छ।
कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ।
– कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ।