विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता

विश्व खाद्य कार्यक्रमको बजेट कटौतीले भविष्यमा भोकमरी बढाउने चिन्ता
+
-

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर अहिले पनि ६ करोड ७३ लाख मानिस हरेक रात भोकै सुत्न बाध्य भइरहेको बताएका छन्। त्यस्तै, करोडौँ मानिसहरू भोलिको खाना पाउने नपाउने अन्योलमा रहेका छन्।

अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसको अवसरमा दिइएको सन्देशमा महासचिव गुटेरेसले भने, ‘८० वर्षअघि संसारका मुलुकहरू भोकमरी अन्त्य गर्न एकजुट भएका थिए र त्यसयता खाद्य सुरक्षामा ठूलो प्रगति भएको छ। तर पछिल्ला सङ्कटहरूले यदि हामीले सावधानी नअपनाएसम्म यी उपलब्धिहरू टिकाउ हुन नसक्ने देखाएको छ।’

उनले भने, ‘हालका दशकहरूमा मोटोपनको समस्या, जलवायु परिवर्तन र द्वन्द्वग्रस्त क्षेत्रहरूमा भोकलाई हतियारको रूपमा प्रयोग गर्ने जस्ता नयाँ चुनौतीहरू देखा परेका छन्। यो अत्यन्त लज्जास्पद यथार्थ हो रआज पनि युद्ध र द्वन्द्वको पीडामा परेका मानिसहरूलाई भोकै राखिएको छ, र कतै कतै दुर्भिक्षको स्थितिसमेत देखिएको छ।’

महासचिवले थपे, ‘भोकमरी अन्त्य गर्न हामीसँग आवश्यक स्रोत, सीप र प्रविधि छन्। अब हामीलाई चाहिएको कुरा एकता र सहकार्य हो।’

गुटेरेसले विश्व समुदायलाई फेरि एकपटक एकजुट भई यस्तो खाद्य प्रणाली निर्माण गर्न आह्वान गरे, जसले मानिसहरूलाई पोषण मात्र प्रदान गरोस्, तर पृथ्वीको रक्षा पनि गरोस्।

दोस्रो विश्वयुद्धको विनाशपछि सन् १९४५ को अक्टोबर १६ मा राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) स्थापना गरिएको थियो। त्यसैको सम्झनामा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसको रूपमा मनाइँदै आएको हो।

यस दिवसले सबैका लागि स्वस्थ, विविधतायुक्त, सस्तो र सुरक्षित खाना सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चेतना फैलाउने उद्देश्य राख्छ।

यता, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार खाद्य सहायता बजेटमा भारी कटौतीका कारण एक करोड ३७ लाखभन्दा बढी व्यक्तिहरू गम्भीर भोकमरीको स्थितिमा पुग्न सक्ने चेतावनी दिएको छ।

सन् २०२५ मा डब्लुएफपीको बजेट ४० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ, जसअनुसार कार्यक्रमको बजेट ६ अर्ब ४० करोड अमेरिकी डलरमा सीमित हुने अनुमान गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष