
नेपाली राष्ट्रिय फुटबल टोली पछिल्लो ९ वर्षयताकै खराब अवस्थामा पुगेको छ। फिफा वरीयतामा ४ स्थान तल झर्दा नेपाल १८०औं स्थानमा पुगेको हो।
अघिल्लो बरियतामा नेपाल १७६औं स्थानमा थियो। यो सन् २०१६ डिसेम्बरपछि नेपालको सबैभन्दा खराब वरीयतामा पुगेको हो त्यो बेला नेपाल १८१औं स्थानमा पुगेको थियो। नेपाली टोलीले पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निरीह रहँदै आएको छ।
पछिल्लो पटक नेपाल एएफसी एसियन कप छनोटका सबै चार खेलमा पराजित भएसँगै वरीयतामा खस्किन पुग्यो। साथै आफूभन्दा तल रहेको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाल गोलरहित बराबरीमा रोकिन पुगेको थियो।
फिफा वरियतामा स्पेन शीर्ष स्थानमा कायम रहेको छ। त्यस्ते अर्जेन्टिना दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो स्थानमा झरेको छ। दक्षिण एसियाली मुलुक भारत पनि दुइ स्थान खस्किएर १ सय ३६ औं स्थानमा आएको छ।