‘जेनजी आन्दोलन’पछि लुटिएको गोली फेला, प्रहरी पोशाक दुरुपयोग गर्ने र हतियार लुट्ने पक्राउ

‘जेनजी आन्दोलन’पछि लुटिएको गोली फेला, प्रहरी पोशाक दुरुपयोग गर्ने र हतियार लुट्ने पक्राउ
+
-

झापा- ‘जेनजी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको एउटा गोली फेला परेको छ।

शुक्रबार बिहान १०:३० बजे दमक नगरपालिका वडा नं. ८, लक्ष्मी मार्गका ३८ वर्षीय कृष्णप्रसाद पाठकले बाटोमा बेवारिसे अवस्थामा एसएमजीको ९ एमएमको एक राउण्ड गोली फेला पारेका हुन्। उनले उक्त गोली इप्रका (इलाका प्रहरी कार्यालय) दमकमा ल्याई बुझाएका छन्।

यसैगरी, जेनजी आन्दोलनको क्रममा दमक प्रहरीको पोशाक लुटेर लगाई त्यसको दुरुपयोग गर्ने दमक वडा नं. २, भाङबारीका ३३ वर्षीय रोशन साउदेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो ४ बजे लिम्बूलाई दमक वडा नं. ६, थाना रोडबाट नियन्त्रणमा लिई इप्रका दमकमा राखिएको छ।

साथै, सोही आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेर लाने इलाम चुलाचुली वडा नं. ३, पेल्टीमारीका १९ वर्षीय सुजन राईलाई पनि दमक वडा नं. १, फाल्गुनन्दबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

हतियार लुट्नेमध्ये एकजना यसअघि नै पक्राउ परिसकेका छन्। प्रहरी कार्यालयमा आक्रमण गर्ने र हतियार लुट्ने अन्य व्यक्तिको खोजी भइरहेको दमक प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष