
चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।
आज (शनिबार) बिहान भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार घाइतेहरूलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।