पोखरामा तोकियो सयपत्रीको मूल्य, थुंगाको ५ रुपैयाँसम्म

पोखरामा तोकियो सयपत्रीको मूल्य, थुंगाको ५ रुपैयाँसम्म
+
-
देशसञ्चार AI सारांश
  • पोखरा महानगरपालिकाले सयपत्री फूलको थुंगा, माला र केजीको मूल्य किसान तथा व्यापारीसँग परामर्श गरी तोकेको छ।
  • ‘ए’, ‘बि’, ‘सि’ ग्रेडमा फूलका थुंगा वर्गीकृत गर्न लागत अनुसार मूल्य निर्धारण गरिएको छ।
  • पोखराका मेयरले स्थानीय सयपत्री फूलको खपत बढाउन प्लाष्टिक फूलमालामा रोक लगाउन आग्रह गरेका छन्।

पोखरा- पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य तोकेको छ । तिहारमा अत्याधिक खपत हुने सयपत्री फूलको थुंगा, माला र केजीको मूल्य तोकिएको हो ।

महानगरपालिकाले फूल खेती गरेका किसान, व्यापारीसँग छलफल पश्चात मूल्य तोकेको छ । महानगरपालिकाले सयपत्रीलाई तौलको आधारमा तीन ग्रेडमा वर्गिकरण गरेर मूल्य तोकेको छ ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार एक किलो सयपत्रीको मूल्य ३०० देखि ५०० रुपैयाँ तोएिको छ । ‘ए’ ग्रेडको फूलको थुंगाको मूल्य ५ रुपैयाँ, मालाको १५० रुपैयाँ तोकिएको छ । ‘ए’ ग्रेडको एउटै थुंगा १५ देखि २० ग्रामको हुनुपर्नेछ ।

१० देखि १५ ग्राम तौल भएको ‘ब्रि’ ग्रेडको थुंगाको मूल्य ४ रुपैयाँ निर्धारण गरिएको छ । ‘बि’ ग्रेडको थुंगा गाँसेर बनाइएको मालाको मूल्य १३० रुपैयाँ लिनुपर्नेछ । ५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको सयपत्रीको थुंगाको मूल्य २ रुपैयाँ र मालाको १०० रुपैयाँ तोकिएको हो ।

महानगरपालिकाले स्थानीय सयपत्रीको विक्री स्थलसमेत तोकेको छ । पोखरा महानगरपालिकाका करिब २५ स्थानमा स्थानीय सयपत्री फूलको विक्री स्थल तोकिएको उनको भनाइ छ । तोकिएका स्थानबाट कात्तिक ३, ४ र ५ गते सयपत्रीको खरिद विक्री हुनेछ ।

पोखरा महानगरपालिकाको सहयोगमा ३ सय रोपनीमा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको कडरियाले बताए । यो वर्ष ३ लाख माला उत्पादन हुने उनको अनुमान छ । ३ देखी ४ करोडको कारोबार हुने जनाइएको छ । पोखरा महानगरपालिकाले विगत ३ वर्ष देखि निरन्तर सयपत्री फूलको बीउमा अनुदानको साथमा बजारीकरणका लागि सहयोग गर्दै आइरहेको छ । हरेक वर्ष सयपत्रीको न्यूनतम् समर्थन मूल्यसमेत महानगरपालिकाले नै तोकिदिन्छ ।

पोखराका मेयर धनराज आचार्यले स्थानीय सयपत्री फूल मात्रै खपत गर्न अनुरोध गरेका छन् । पोखरा महानगरपालिका सयपत्री फूलमा आत्मनिर्भर भइसकेकाले प्लाष्टिकका फूलमाला विक्री वितरण नगर्न उनको सुझाव छ ।

‘नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले दिपावली मनाउनुहोला’, उनले भनेका छन् । स्थानीय किसानको मनोवल उच्च बनाउनुपर्नेमा उनको जोड छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष