गतिशील पार्टीमा सक्रिय राजनीतिमा १६ वर्षको सीमा

गतिशील पार्टीमा सक्रिय राजनीतिमा १६ वर्षको सीमा
+
-
देशसञ्चार AI सारांश
  • लोकतान्त्रिक गतिशील पार्टीले सदस्यताको अवधि अधिकतम १६ वर्ष मात्र तोकेको छ, जसपश्चात् स्वतः अन्त्य हुनेछ।
  • पार्टीका पदाधिकारीहरू निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा भाग लिन नपाउने नियम लागू गरिएको छ।
  • पार्टीले कुनै हालतमा २० प्रतिशतभन्दा कम मत पाउँदा सरकारमा सहभागी नहुने स्पष्ट नीति लिएको छ।

धनगढी- लोकतान्त्रिक गतिशील पार्टीले आफ्ना सदस्यता र पदाधिकारीका लागि कडा नीतिगत प्रावधान सार्वजनिक गरेको छ।

पार्टीले सदस्यता अधिकतम १६ वर्षसम्म मात्र रहने व्यवस्था गरेको छ। १६ वर्ष पूरा भएपछि सदस्यता स्वतः अन्त्य हुने र नवीकरण नहुने प्रावधान पार्टीको विधानमै समावेश गरिएको छ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष डा. दिनेश प्रसाईले उक्त निर्णयको जानकारी दिएका थिए। उनका अनुसार, यस व्यवस्थाले पार्टीमा निरन्तर नवीकरण र नयाँ नेतृत्वको अवसर सुनिश्चित हुनेछ।

अध्यक्ष प्रसाईले भने,“हामी पुरानोलाई मात्र होइन, नयाँ पुस्तालाई पनि समान अवसर दिने पक्षमा छौं। त्यसैले सदस्यता १६ वर्षभन्दा बढी रहँदैन।”

त्यस्तै, पार्टीका पदाधिकारीहरूले कुनै पनि तहको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा भाग लिन नपाउने नियम पनि लागू गरिएको छ। उनका अनुसार, यस कदमले संगठन र निर्वाचनबीच शक्ति सन्तुलन कायम गर्न मद्दत गर्नेछ। उनले भने, “पार्टी चलाउनेले उम्मेदवार नबन्ने हुँदा निष्पक्षता रहन्छ।”

गतिशील पार्टीले आफूलाई लोकतान्त्रिक मूल्य र विधिमा आस्था राख्ने प्रगतिशील दलका रूपमा प्रस्तुत गरेको छ। अध्यक्ष प्रसाईका अनुसार, पार्टीले वर्तमान संविधान र व्यवस्थाभित्र रहँदै सुशासन, रोजगार र पारदर्शी शासनका एजेन्डा अघि सारेको छ।

उनले पार्टीले कुनै पनि हालतमा २० प्रतिशतभन्दा कम मत पाए सरकारमा सहभागी नहुने स्पष्ट नीति लिएको जानकारी पनि दिए। “जनताको विश्वास बिना सरकारमा जानु नैतिकता विपरीत हो, हामी जनमतको बलमा मात्रै सरकारमा जानेछौं,” अध्यक्ष प्रसाईले भने।

पार्टीले विचार मिल्ने दलहरूसँग सहकार्यको ढोका खुला रहेको जनाएको छ। अध्यक्ष प्रसाईका अनुसार, गतिशील पार्टीका एजेन्डा जनताले मन पराइरहेका छन् र पार्टी क्रमशः जनताको रोजाइमा पर्न थालेको दाबी गरिएको छ।

पार्टीमा एक अध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्षसहित २९ सदस्य रहने व्यवस्था गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष