
काठमाडौँ- शीतलनिवासमा सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा बसेको उक्त बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थिति थियो।
बैठक आगामी निर्वाचनको वातावरण र सुरक्षासम्बन्धी तयारीमा केन्द्रित रहेको थियो। बैठकमा सहभागी सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिएका छन्।
उनीहरूले अघिल्ला कठिन परिस्थितिहरूमा पनि सफलतापूर्वक चुनाव सम्पन्न गराएको उदाहरण प्रस्तुत गर्दै यसपटक पनि प्रभावकारी रूपमा सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।