
हुम्ला – नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आफ्नो पूर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा वस्ने भएको छ। पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक बस्ने भएको हो।
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको चौथो पूर्ण बैठक लिमीको पाँच हजार मिटर उचाइको लाप्चामा बस्न लागेको महासंघ हुम्ला शाखाले जनाएको छ।
पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासंघले आफ्नो बैठक लाप्चाम राखेको जनाएको छ।
कात्तिक ३ गते महासंघको बैठक लाप्चामा वस्नेछ भने त्यसका लगि महासंघको टोली आइतबार लिमीतर्फ लाग्नेछ। महासंघको टोली लिमीकै हल्जी गाउँमा पनि पुग्नेछ भने कातिक ४ गते टोली सदरमुकाम सिमकोट फिर्ता हुनेछ।
यसका लागि १७ जना पत्रकार लाप्चा बैठकका लागि लाग्नेछन्। टोलीलाई प्राथमिक उपचारका लागि औषधिको ब्यवस्था हेल्थ अस मेडिकल सेन्टरले गरेको छ।