जेन–जीहरूलाई प्रचण्डले भनेः आफ्नो मित्र र दुश्मन छुट्याउनुस्

जेन–जीहरूलाई प्रचण्डले भनेः आफ्नो मित्र र दुश्मन छुट्याउनुस्
+
-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मित्र र दुश्मनलाई चिन्न जेन–जीहरूलाई आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मित्र को हो र दुश्मन को हो भन्ने कुरा छुट्याउन नसक्ने हो भने आन्दोलन सफल नहुने बताएका हुन्। उनले आफ्नो अभिभावक को हो भन्ने चिन्न आवश्यक रहेको बताए।

उनले भने,’इतिहासमा महान क्रान्तिकारीहरूले भन्ने गरेका छन्– क्रान्तिमा आफ्नो मित्र को हो र आफ्नो दुश्मन को हो भनेर छुट्याउने कुरा धेरै महत्वको हुन्छ। हामीले मित्रलाई दुश्मन जस्तो र दुश्मनलाई मित्रजस्तो ठान्यौँ भने हाम्रो उद्देश्य कहिल्यै पनि पूरा हुँदैन। क्रान्तिकारी आन्दोलन सफल हुँदैन। म यो कुरा स्मरण मात्रै गराउन चाहन्छु। तपाईंहरूले आफ्नो मित्रलाई, आफ्नो अभिभावकलाई, आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ।’

उनले जेन–जीहरूलाई छलफलमा लागि आह्वान गरे। उनले भने,’म अपील गर्छु, आउनुहोस्, सँगै बसौँ। राम्रोसँग समीक्षा गरौँ। छलफल गरौँ। आउने दिनमा तपाईंहरूले भन्याजस्तै भ्रष्टाचारको अन्त्यको निम्ति, सुशासनको निम्ति, तपाईंहरूले भनेजस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निम्ति, तपाईंहरूले भन्याजस्तै आर्थिक विकास र समृद्धिको निम्ति बसेर सल्लाह गरौँ। एउटा रोडम्याप बनाऔँ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष