
- पुनले जेन–जी आन्दोलनले अघि सारेका सुशासनका एजेण्डा र माओवादीको एजेण्डामा समानता रहेको बताएका छन्।
- पुनले राजनीतिक स्थायित्व र प्रगतिका लागि माओवादी पार्टी जेन–जी समूहसँग सहकार्य गर्न तयार रहेको भने।
- आन्दोलनमा गोली हानिएको घटनाबारे पुनले दोषीलाई कारबाही गर्नुपर्ने र सुधारका लागि समन्वय आवश्यक रहेको बताए।
काठमाडाैँ – नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चलनुपर्ने बताएका छन्।
तिहार, नेपाल सम्वत र छठलगायत चाडपर्वको अवसर पारेर पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा गरेको कार्यक्रममा पुनले जेन–जी आन्दोलनकारीले अघि सारेका सुशासनसहित कयौं एजेण्डा र आफ्नो दलको एजेण्डामा समानता रहेको बताए।
पुनले जेन–जीलाई भर्चुअल र डिजिटल दुनियाँमा हुर्किंदै गरेका छोराछोरी र नातिनातिना भन्दा फरक रुपमा बुझ्न नहुने उनको भनाइ थियो। ‘कोही भ्रममा पर्नु पर्दैन, जेन–जी डिजिटल प्लार्टफमसँगै भर्चुअल दुनियाँमा हुर्किराखेका १३ देखि २८ वर्ष उमेरको नयाँ पुस्ता हो’, पुनले भने, उनीहरु कोही नभएर हाम्रै छोराछोरी र नातिनातिनाहरु हुन्। उनीहरु स्मार्ट छन् र क्षमतावान छन्। उनीहरुसँगै संसारभरिका सूचना छन्।’
पुनले सहरी क्षेत्रमा एउटै घरको माथिल्लो र तल्लो तलामा बस्नेहरुबीच चिनाजान नहुने अवस्था भए पछि जेन–जीहरु भर्चुअल माध्यमबाट विश्वभरका मानिससँग सूचना र संवादमा रहेको बताए। ‘जेन–जी पुस्ता भर्चुअल माध्यमबाट विश्वभरिका मानिसहरुसँग गेम खेल्छ, सूचना, ज्ञान र कतिपय सन्दर्भमा नेपालमा बसेर युरोप, अमेरिका, जापान, कोरिया, भारत र चीनमा व्यापार गरिराखेको छ। त्यहाँ उसका सम्बन्धहरु छन् । नेपालमै बसेर बाहिर जागिर गरिराखेको छ।’
पुनले जेन–जी आन्दोलन मुलुकको वर्तमानको यथार्थता भएकाले उक्त चाहनाको सम्बोधन गरेर मात्र अगाडि बढ्न सकिने स्पष्ट गरे।
पुनले लोकतन्त्रलाई अझै पारदर्शी, प्रभावकारी र परिस्कृत गर्न चाहने जेन–जी समूहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए। यद्यपि बलिदानबाट प्राप्त संविधान मास्न चाहने प्रवृत्ति सह्य नहुने चेतावनी दिए। उनले विगतमा आफूहरुले क्रान्ति र मुलुक परिवर्तनका लागि जीवन हत्कोलामा राखेर लडेको भन्दै मुलुकलाई पछि फर्काउने कोसिस भए फेरि लड्न तयार रहेको चेतावनी दिए।
‘नेपाली जनता मात्र होइन, आज विश्वभर जेन–जी आन्दोलनका तरंगहरु छन्। यसलाई त्रान्तिकारीहरुले अझ क्रान्तिकारीहरुले उप्डीति र षेशितहरुको आकांक्षा र भावनासँग जोडेर लान चाहन्छन् र अर्काथरि मान्छे आजको परिवर्तनलाई पछि उल्टाएर पछि फर्काउन चाहन्छन्’ , पुनले भने।
उनले आफू र संयोजक पुष्पकमल दाहाल प्रचण्डे जेन–जीका विभिन्न समूहसँग संवाद गरिरहेको पनि खुलाए।
२३ भदौको शान्तिपूर्ण जेनहजी प्रदर्शनमा गोली हानेर निहत्था विद्यार्थीको हत्या गर्नेहरुलाई केही नगर्ने तर, आन्दोलनमा नैतिक समर्थन जनाएको आफ्नो दलका नेता तथा कार्यकर्तालाई लक्षित गरी निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाए। ‘सरकारलाई फेरि भन्न चाहन्छौं, आजको परिवर्तनलाई आत्मसात गर्ने दल भनेको हामी मात्र हौं। हामी आफ्नो एजेण्डा लिएर निर्वाचनमा होमिन्छौं।
जेन–जीका त्याग, बलिदान, समर्पण र एजेण्डा बोकेर आफूलाई रुपान्तरण गर्न जनमतमा जान्छौं भन्ने पार्टीलाई बेलाबेला तसौउने र बेलाबेला लक्षित गर्ने खालको कोसिस भएको छ’, पुनले भने, ‘हाम्रा नेता कार्यकर्तालाई तर्साउने खालको जो कोसिस भएको छ यो कुन प्रकारको प्रवृत्ति हो रु प्रधानमन्त्रीजीसँग कुरा गर्दा त्यसो देखिँदैन। गृहमन्त्रीसँग कुरा गर्दा त्यसो देखिँदैन। तर, कुन चाहिं स्वार्थ समूहले यो गरिरोखको छ रु हामी यही मञ्चबाट पार्टीका तर्फबाट खबरदारी गर्न चाहन्छौं। हामी निर्वाचनमा जान्छौं, एजेण्डासहित जेन–जीका बलिदानलाई सार्थक बनाउने गरी जान्छौं। तर, हामीलाई टार्गेट गर्ने काम रोकियोस्।
२३ गते दर्जनौंको हत्या गर्नेलाई केही नगर्ने रु सत्तामा बसेर हालीमुहाली गर्ने बिचौलियालाई केही नगर्ने रु अनि प्रचण्डतिर तेस्र्याउन खोज्ने रु यस प्रकारका बेठीक प्रवृत्ति हामी स्वीकार गर्दैनौं।’ उनले प्रधानमन्त्री भएका बेला प्रचण्ड स्वयंले आफ्नो दलका नेता कार्यकर्ता भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको पाइए अनुसन्धान गर्न राज्यका निकायहरुलाई निर्देशन दिएको नबिर्सन भने।
‘भ्रष्टाचार, अनियतिमता र राज्य दोहनमा हाम्रा सबै नेता कार्यकर्ता परीक्षणमा उत्रिन तयार छौं भनेका छौं। यो कुरा कुनै पार्टीले भनेको छैन। आज सत्तामा भएका साथीहरु पनि परिक्षित हुन्। सम्माननीय प्रधानमन्त्री प्रधानन्यायधीश भइसेकको मान्छे हो। अर्थमन्त्री, ऊर्जामन्त्री र अरु साथीहरु सबै परिक्षित हुन्। हामी पनि परिक्षित हौं’, पुनले भने।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै आफूहरुले चुनावका लागि प्रतिबद्ध रहेको तर, देशको स्वाधीनता तथा जनताको अधिकार यताउता हुन र हेपिन तयार नरहेको बताएको पुनले स्पष्ट गरे। ‘हामी सबै शक्तिलाई भन्न चाहन्छौं, माओवादी शान्ति चाहन्छ। माओवादी प्रगति चाहन्छ। माओवादी आजको स्थितिभन्दा अगाडि बढ्न चाहन्छ। तर, सकैसँग हेपिन चाहँदैन। हामी दृढतापूर्वक उभिन्छौं। उभिने हाम्रो प्रतिबद्धता हो। हिजो दुनियाँभरिका शक्तिहरुसँग पनि नडराएका हौं’, उनले भने।
पुनले २४ भदौको विध्वंश र आजगनीमा संलग्नमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए। ‘अघिल्लो दिन सुशासनको एजेण्डासहित भएको आन्दोलन असाध्यै राम्रो हो। २४ गते घुसपैठ गरेर तोडफोड र आगजनी गरिएका छन्। अपराध भएको छ’, उनले भने, ‘त्यसको को छानबिन हुनुपर्छ। आगामी दिनमा त्यसप्रकारका अपराध रोक्न पनि त्यसप्रकारका अपराध गर्न घूसपैठ गर्नेहरुलाई दण्डित गर्नुपर्छ।’ फरक प्रसंगमा पुनले लोकतन्त्रको स्थायित्व र राष्ट्रिय स्वाधीनताका लागि मुलुकका सबै पक्षबीचको सहकार्यमा जोड दिए।