
अर्घाखाँची – नेकपा (एमाले) जिल्ला जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीले आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य विनोद बस्नेतले जेन्जी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने आवाज उठाएका छन\।
कार्यक्रममा बस्नेतले आन्दोलनमा घुसपैठ गरी अराजक गतिविधि गर्नेहरूलाई कानून अनुसार कारबाही हुनुपर्ने बताउँदै युवा संघ र पार्टी संगठन त्यसप्रति सचेत रहेको स्पष्ट पारे। उनले आन्दोलनको आडमा तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति र हिंसात्मक कार्य कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे।
बस्नेतले वर्तमान समयमा राष्ट्रिय एकता, स्थायित्व र विकासमुखी राजनीतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै जेन्जी पुस्तालाई जिम्मेवार र सचेत राजनीतिक संस्कृतितर्फ अभिमुख गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा एमाले अर्घाखाँचीका जिल्ला तथा स्थानीय तहका नेता, जनसंगठनका प्रतिनिधि, युवा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो। सहभागीहरूले चाडपर्वले आपसी एकता, सद्भाव र राष्ट्रिय भावना सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका छन्।