
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको बताए।
माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ। सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए। उनले अरुलाई पनि त्याग गर्नको लागि तयार रहन आग्रह गरे।
उनले भने, ‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड्। म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म गर्न तयार छु। आजै म तपाईहरुको अगाडि घोषणा गर्न चाहन्छु, देश बच्न पर्यो। हामीलाई अध्यक्ष पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो।’