विश्वकप लिग-२ का लागि राष्ट्रिय टिमको घोषणा, टी-२० विश्वकपको टोलीमा तीन खेलाडी परिवर्तन

विश्वकप लिग-२ का लागि राष्ट्रिय टिमको घोषणा, टी-२० विश्वकपको टोलीमा तीन खेलाडी परिवर्तन
+
-

काठमाडौ‌ं- आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने त्रिकोणत्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो।

शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदै छ। भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट खेलेको टोलीबाट सन्दीप जोरा,  लोकेश बम र आदिल आलम बाहिरिएका छन्। भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा बोलाइएको छ। लिग २ शृंखलाका लागि नेपाली टोली ओमानमा विश्वकप छनोट च्याम्पियन बनेर युएई पुगिसकेको छ।

नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्ने छ। त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्ने कार्यतालिका रहेको छ।

एकदिवसीय नेपाली टोली:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष