कांग्रेस नेता घिमिरेको नेतृत्वमा पत्रकार सम्मेलन: ‘महाधिवेशन मिति तोक्न ढिलाइ गर्नु नेतृत्वको अकर्मण्यता’

कांग्रेस नेता घिमिरेको नेतृत्वमा पत्रकार सम्मेलन: ‘महाधिवेशन मिति तोक्न ढिलाइ गर्नु नेतृत्वको अकर्मण्यता’
+
-
देशसञ्चार AI सारांश
  • गुरुराज घिमिरेले नेपाली कांग्रेसको नेतृत्वले महाधिवेशनको मिति तोक्न ढिलाइ गरेकामा चर्को आलोचना गरेका छन्।
  • विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाउँदै पार्टी नेतृत्वलाई महाधिवेशनको आदेश पालना गर्नुपर्नेमा जोड दिए।
  • विरोधका बाबजुद केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेका लागि बोलाइएको छ, यद्यपि असन्तोष कायमै छ।

कांग्रेस नेता गुरुराज घिमिरेको नेतृत्वमा पत्रकार सम्मेलन: ‘महाधिवेशन मिति तोक्न ढिलाइ गर्नु नेतृत्वको अकर्मण्यता हो’

काठमाडौँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले निर्धारित समयमा महाधिवेशनको मिति तोक्न ढिलाइ गरेको भन्दै चर्को आलोचना गरेका छन्।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको समूहलाई साथमा राखेर आइतबार पत्रकार सम्मेलन गर्दै घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा बैठक लम्ब्याएर पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए।

घिमिरेले केन्द्रीय कार्यसमितिको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘पार्टी केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समितिको बैठक लम्ब्याएको छ। यसरी किन बैठक सारिरहेका छौँ भनी आज जनमानसले प्रश्न गरिरहेको छ।’

उनले पार्टीको महाधिवेशन केन्द्रीय कार्यसमितिभन्दा उच्च रहेको जिकिर गर्दै केन्द्रीय समितिले महाधिवेशनको आदेशलाई पालना गर्नुपर्नेमा जोड दिए।

आफूलाई ‘विश्वको प्रजातान्त्रिक आन्दोलनको नमूना’ मान्ने कांग्रेसले महाधिवेशनको मिति तय गर्न ढिलाइ गर्नु लज्जास्पद भएको उनको भनाइ छ।

उनले भने, ‘अरू राजनीतिक दल र कम्युनिस्ट पार्टीहरूले मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरिसके। हामीलाई केले रोक्यो?’

घिमिरेले पार्टी विधानअनुसार नियमित वा विशेष महाधिवेशन गर्ने दुईवटा बाटो हुँदाहुँदै पनि नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै आक्रोश पोखे।

विशेष महाधिवेशनको मागसहित झन्डै ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएपछि दबाबमा परेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कात्तिक १३ गतेका लागि बोलाइएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष