सकारात्मक प्रतिक्रियासहित चर्चामा छ मोहन थापाको पहिलो मौलिक गीत “जब यादले सताउँछ”

सकारात्मक प्रतिक्रियासहित चर्चामा छ मोहन थापाको पहिलो मौलिक गीत “जब यादले सताउँछ”
+
-
देशसञ्चार AI सारांश
  • गायक मोहन थापाको पहिलो गीत “जब यादले सताउँछ” जीवनका भावनात्मक उतारचढावलाई प्रस्तुत गर्दै श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया बटुल्दैछ।
  • गीतको भिडियो निर्देशन नितेश लामाले गरेका हुन्, जसमा दिपेन्द्र खत्री र अनिशा ओलीले भावनात्मक अभिनय प्रस्तुत गरेका छन्।
  • गीतलाई युट्युव र स्पोटपफाइ लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध गराइएको छ र श्रोताहरूको समर्थन पाउँदैछ।

काठमाडौँ- गायक मोहन थापाको पहिलो मौलिक गीत “जब यादले सताउँछ” नेपाली संगीतप्रेमीहरूबीच अत्यधिक सकारात्मक प्रतिक्रियासहित चर्चा भइरहेको छ।

गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झनाहरू र वियोगका पीडालाई कुमार जोशीका शब्दमार्फत प्रस्तुत गरिएको छ।

१५ वर्षदेखि मानव संसाधन (एचआर) क्षेत्रमा संलग्न थापाले संगीतप्रतिको आफ्नो जीवनभरको चाहना यस गीतमार्फत व्यक्त गरेका छन्। थापाले भने, “यो गीत मेरो मुटु नजिक छ र मेरो भावनालाई शब्द र स्वरमार्फत सबैसामु पुर्‍याउने प्रयास हो।”

गीतलाई ज्योति भण्डारी ले प्रोड्युस गरेका हुन् भने भिडियो निर्देशन, क्यामेरा सञ्चालन र सम्पादन नितेश लामा (नियोन क्रियशन स्टुडियो) ले गरेका छन्।

भिडियोमा कलाकार दिपेन्द्र खत्री र अनिशा ओली को भावनात्मक अभिनय, मेकअपमा एन्जेला लामा, र सहयोगमा दिपाल गाडीले गीतलाई अझ जीवन्त बनाएका छन्।

संगीत संयोजनमा विक्रम कार्की, कोरसमा बिनोद श्रेष्ठ, बाँसुरीमा नरेन्द्र बिक्रम राई, र रेकर्डिङ्ग भेनस रेकर्डिङ स्टुडियोमा गरिएको छ। यस परियोजनामा भूषण गिरी, शीतल चौतारी रेस्टुरेन्ट (नयाँबानेश्वर), सबिन राजभण्डारी, मइते गुरुङ, राजेन्द्र गुरुङ, धनबहादुर शाही लगायत सबैलाई सघाएका लागि धन्यवाद व्यक्त गरिएको छ।

गीत हाल युट्युव, स्पोटपफाइ र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ र श्रोताहरूको माया तथा समर्थन पाउँदैछ।

भिडियो:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष