
काठमाडौँ – जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ।
आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल अर्यालले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समीक्षा भएको छ।
उनले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताए।
उनले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरुलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताए।
उनले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरुले समाजमा रहेका अपराधीहरुलाई दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए।