
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि भदौ २७ गतेसम्म नेपाली सेनाले आफ्नो मोबाइल सिज गरेको बताएका छन्।
आइतबार पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल सिज गरिएको बताएका हुन्।
उनले भने,’राजीनामा दिएपछि म सेनाको सुरक्षामा थिएँ। सेनाको सुरक्षाभित्र अब तपाईंहरूले जेसुकै संज्ञा दिन सक्नुहुन्छ।जेसुकै विशेषण दिन सक्नुहुन्छ। सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथ ग्रहणभन्दा अगाडिसम्म मैले मोबाइल लिन पाएको थिइनँ। मेरो मोबाइल सिज गरिएको थियो। त्यसकारण म २७ गतेसम्म बेलुकासम्म कन्ट्याक्टमा रहिनँ।’
उनले जेन–जी आन्दोलनपछि सरकारले बनाएको आयोगको कुनै पनि निर्णय नमान्ने पनि बताए।