
काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन्।
उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि अहिले सनाखत गरिरहेको आयोगले जानकारी दिएको हो।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले आयोगमा पुगेर सनाखत गरे पनि साधारण सदस्यको सनाखत भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले गर्ने आयोगले जानकारी दिएको छ।