जेन–जी आन्दोलनपछि ट्राफिक प्रहरीले पुनः सुरु गर्‍यो मापसे चेकिङ (तस्बिरहरू)

जेन–जी आन्दोलनपछि ट्राफिक प्रहरीले पुनः सुरु गर्‍यो मापसे चेकिङ (तस्बिरहरू)
+
-

काठमाडौँ – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रह्यो। नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीहरुसँग युनिफर्म थिएन, जुत्ता थिएनन। सामान्य कपडामा चप्पल लगाएरसमेत सवारी व्यवस्थापनमा उनीहरु खटिए। अहिले उनीहरु पूर्ण रुपमा पहिलेकै अवस्थामा सेवा दिने भइसकेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई जरिवाना र कारवाही प्रक्रिया पनि सुरु भइसकेको छ। मापसे चेकिङ पनि ६०-७० ठाउँमा सुरु भइसकेको छ। बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ। चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ।

‘सरप्राइज चेकजाँच पनि हुन्छ। चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन। कारवाहीभन्दा अघि सचेतनामा पनि जोड दिन्छौँ। नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ,’ उनले भने, ‘बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौँ। पार्किङको समस्या छ त्यसमा पनि ध्यान दिन्छौँ। ट्राफिक लाइटहरु पनि व्यवस्थित गरिरहेका छौँ। स्पिड मापन गर्ने मेकानिज्म सुचारु छ, कारबाही पनि भइरहेको छ।’

नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम भने अहिले चलेको छैन। यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेको हुनाले अनलाइन सेवा भने सूचना नै जारी गरेर बन्द गरेको छ। सबै कुराहरु भौतिक रुपमै भइरहेको छ।

‘मापसे कक्षा तिहारलगत्तै सुरु हुन्छ। अहिलेसम्म चिट काटिएकाहरुले तिहारपछि क्लास लिनुपर्ने हुन्छ। ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन। चेकिङ नियमित रुपमै भइरहेकै छ,’ अधिकारीले भने।

नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदासयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुराहरु भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए।

‘मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौँ। कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौँ। आन्तरिक रुपमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छौँ। नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौँ। पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोशिस गरिरहेका छौँ,’ उनले भने।

जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनःस्थापना भइसकेको छ। ‘कागजात केही रेकर्डेड छ। नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौँ। यायातायत कार्यालयमा गएर बनाउन सकिन्छ,’ अधिकारीले भने।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष