मेची भन्सारमा तीन महिनामा चार अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन

मेची भन्सारमा तीन महिनामा चार अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन
+
-
देशसञ्चार AI सारांश
  • मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गरेको छ।
  • चालु आर्थिक वर्षको असोज महिनामा मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व असुली गरेर लक्ष्यभन्दा बढी प्राप्त भएको छ।
  • झापा भन्सारले आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली गरेको छ।

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ।

पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए।

उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ।

त्यसैगरी आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार, आयातको अन्तः शुल्कतर्फ ११ करोड ३ लाख ५९ हजार ९३, निर्यातको भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ।

चालु आवको गत असोज महिनामा जेनेरेसन आन्दोलनबाट असर परेको अवस्था भएपनि भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। असोज महिनामा मासिक लक्ष्यको १०१ प्रतिशत राजस्व सङ्कलन गर्न सफलता प्राप्त भएको कार्यालयले जनाएको छ।

सूचना अधिकारी हुमागाइँका अनुसार, असोज महिनाको लागि भन्सारले १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको थियो। तर सो अवधिमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व असुली गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष